शुक्रबार, फाल्गुन २, २०८१

सबै वडामा मेलमिलाप केन्द्र


कान्तिपथ



चाँगुनारायण नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । वडास्तरमा हुने विवाद वडास्तरमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले मेलमिलाप केन्द्र बनाएको हो । यसले नगरपालिकालाई विवादरहित बनाउन र असल समाज निर्माण गर्न सहज हुने विश्वास लिइएको छ ।

न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख बीना बास्तोलाले भन्नुभयो ,“वडामा हुने विभिन्न खाले सामाजिक र विकास निर्माणका विवादलाई वडास्तरमा नै मेलमिलापको माध्यमद्वारा निरुपण गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो । ”

नगरपालिकाले केन्द्रलाई सञ्चालन गर्न वडागतरुपमै मेलमिलाप सहजकर्तासमेत छनोट गरी आवश्यक तालिमसमेत प्रदान गरिसकेको छ । नगरपालिकाले ३७ मेलमिलापकर्तालाई मेलमिलापसम्बन्धी ४८ घण्टे आधारभूत तालिम प्रदान गरेको हो ।

केन्द्रले नगरपालिकाको न्यायिक समितिमा आउने निवेदनको पक्ष र विपक्ष दुवैको रोहवरमा मेलमिलाप सहजकर्ताले आवश्यक छलफल गरी मेलमिलापका माध्यमबाट समस्याको समाधान गरिने उपप्रमुख बास्तोलाले जानकारी दिनुभयो ।

“कानूनबमोजिम मिलापत्र हुनसक्ने मुद्दाका सम्बन्धित पक्ष र विपक्षले आफैँले रोजेका मेलमिलापकर्ताको सहयोगमा विवादको सही, सरल र दिगो समाधान मेलमिलाप केन्द्रले गर्नेछ”, उहाँले भन्नुभयो, “यसले पक्षबीच समझदारी, सामाजिक भावनाको विकास हुनाका साथै दुवै पक्षले जितेको अनुभूति हुनेछ ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत