मङ्लबार, मंसिर १२, २०८०

बालुवाटारमा गठबन्धनको निर्णायक बैठक बस्दै


कान्तिपथ


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सत्ता गठबन्धनमा एमसीसीको विषयमा छलफल गर्नुअघि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

मन्त्रिपरिषद् बैठक दिउँसो साढे २ बजेका लागि आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ।

एमसीसीको विषयमा छलफल गर्न आजै पाँच बजे सत्ता गठबन्धनको बैठक पनि बस्दै छ। एमसीसीका विषयमा धारणा बनाउन बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक सारिएको हो। प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएसँगै बैठक दुई घण्टा सारिएको थियो।

देउवा र प्रचण्डबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको थियो। सगठबन्धनका नेताहरूले एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा आजै ‘निर्णायक’ छलफल गर्ने बताइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत