शनिबार, कार्तिक २४, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • एमसीसीबारे गगनको रंग फेरियो: सत्ता बाहिर हुँदा विरोधी, सत्तामा हुँदा मलजल (भिडियो)

एमसीसीबारे गगनको रंग फेरियो: सत्ता बाहिर हुँदा विरोधी, सत्तामा हुँदा मलजल (भिडियो)


कान्तिपथ


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता यथास्थितिमा अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । तर यस अगाडी उनले यसवारे बेग्लै धारणा राखेको भिडियो भेटिएको छ ।

थापाले एमसीसीबारे प्रचण्डलाई व्यंग्य हान्दै कांग्रेसले बालुवाटारमा एकथरी र खुमलटार अर्कोथरी कुरा नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले क्षणिक लाभका लागि कांग्रेसले दोहोरो कुरा नगर्ने बताएका हुन् ।

‘कांग्रेसले दुई थरी कुरा गर्दैन । बालुवाटारमा एउटा खुमलटारमा अर्को कुरा गर्न कांग्रेसले जान्दैन’, थापाले भने । एमसीसी सम्झौता अनुमोदनतर्फ संकेत गर्दै महामन्त्री थापाले पार्टीले गरेको निर्णयलाई जनतामा लैजानुपर्नेमा जोड दिए ।

निर्वाचनलाई मात्रै लक्षित गरेर कांग्रेसले धारणा नबनाउने भन्दै थापाले कम्युनिष्ट पार्टीहरुलाई जस्तो छुट नभएको बताए । ‘नेपालको राष्ट्रहितको निम्ती कांग्रेसलाई जे कुरामा विश्वास छ, त्यो विश्वासका लागि अडिग रहनुपर्छ’, थापाले भने ।

महामन्त्री थापाले एक समय एमसीसीको विरोध गर्दै राष्ट्रवादको पक्षपोषण गरेका थिए । तर,उनी आफ्नो पार्टीको सरकार बनेसँगै अमेरिकी परियोजनाबारे सकारात्मक सन्देश फैलाउन लागि परेका छन् ।

महामन्त्री थापा कुनै समय संसदबाट एमसीसी जस्ताको तस्तै पारित गर्नु हुँदैन भन्दै विरोध गर्ने नेता हुन् । अहिले आएर उनको बोली फेरिएको पाइएको छ । केही समय पहिला सञ्चारकर्मीले एमसीसी संसदबाट पास हुनु पर्छ कि पर्दैन ? भनेर सोध्दा थापाले यसका स्वरुप र कतिपय प्रवन्धहरु बदलिनु पर्ने प्रतिक्रिया दिएका थिए ।

सो परियोजना संशोधन गरेर मात्र अगाडि बढाउनु पर्ने अडान लिएका केही नेताहरुको एकाएक बोली फेरिएको छ । यस्तै आफू प्रतिपक्षमा बस्दामात्र सरकारले गरेका निर्णय गलत भएको भन्दै विरोध गर्ने प्रवृति देखिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत