शुक्रबार, साउन ११, २०८१

विश्वकप छनोटमा नेपालको सानदार सुरुवात: ओमान पराजित


कान्तिपथ


नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो।

सुरुवातदेखि नै नेपाली बलरहरु खेलमा हावी भएपछि ओमानका कुनैपनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन। ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन।

ओमानका जितेन्द्र सिंह ९, खावर अली ७, आमिर कालिम ९, आयान खान ३, जसिम मक्सुदले २ रनमात्रै जोड्न सकेन। नेपालका लागि कमलसिंह ऐरीले तीन तथा सन्दीप लामिछानेर दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। त्यसबाहेक जितेन्द्र मुखिया र अविनाश बोहराले १-१ विकेट लिए।

त्यसअघि ब्याटरहरुले खराब प्रदर्शन गरेपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो। नेपालका लागि आरिफ सेखले सर्वाधि ३८ रन बनाए। ३७ बलमा उनले २ चौका प्रहार गरे। कप्तान सन्दीप लामिछानेले अन्त्यमा ७ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाउँदै नटआउट रहेका थिए।

तेस्रो नम्बरमा आएका ज्ञोनेन्द्र मल्लले १५ बलमा २ चौकासहित १५ रन जोडे। दीपेन्द्रसिंह ऐरीले १८ बलमा एक चौका प्रहार गर्दै ११ रनमात्रै बनाउँन सके।

जारी विश्वकप छनोटमा नेपालको समूहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। सबैले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ। नेपालले शनिबार फिलिपिन्सको सामना गर्नेछ। समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ। त्यसबाट फाइनलमा पुग्ने टोली यसैवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत