बिहिबार, मंसिर १४, २०८०

सर्वोच्चको पूर्ण बैठक सकियो, इजलास बिहान ११ बजेबाट


कान्तिपथ


शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार पूर्ण बैठक राख्दै इजलास बिहान ११ बजे बाटै बस्ने निर्णय गराएका छन् । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनको संयुक्त आन्दोलनका कारण इजलास मध्यान्ह १२ बजेपछि मात्रै बस्ने गरेको थियो । शुक्रबारको फुलकोर्टले इजलास बिहान ११ बजे बाटै बस्ने निर्णय गरेको छ ।

बारले सर्वोच्च अदालत परिसरभित्रै मध्यान्ह १२ बजेसम्म आन्दोलन गरेको कारण इजलास १२ बजे अगाडि इजलास बस्न सकेको थिएन । बारले आन्दोलनको स्वरुप परिवर्तन गर्दै बारकै प्राङ्गणमा आन्दोलन गर्न थालेपछि सर्वोच्चले इजलास बिहान ११ बजेबाट राख्न लागेको हो ।

त्यसैगरी न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको न्यायपालिका सुधारका प्रतिवेदन कार्यान्वयनमा लैजान गर्नुपर्ने काम गर्ने पनि फुलकोर्टमा सहमति भएको छ । छलफलमा सहभागी एक न्यायाधीशकाअनुसार गोला प्रणाली गर्दा हेर्न नमिल्ने न्यायाधीशकोमा पर्ने मुद्दालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि प्रशासनलाई जिम्मेवारी दिने र पूर्ण स्वचालित गोलाप्रणालीमा जानका लागि आवश्यक नीति तयार गर्न यसअघि बनेको समितिले चाँडै प्रतिवेदन दिने पनि सहमति भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत