शुक्रबार, अशोज १२, २०८०

एमसीसीबारे धारणा बनाउन एकीकृत समाजवादीको बैठक बस्दै


कान्तिपथ


अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्याल होटेलमा बस्दै छ । बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने सो नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।

सो पार्टीका महासचिव डा.वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत