आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • कमल थापाको पार्टीलाई छोराछोरी र सम्धीले नै पत्याएनन: पुर्व पीए पनि गएनन् !

कमल थापाको पार्टीलाई छोराछोरी र सम्धीले नै पत्याएनन: पुर्व पीए पनि गएनन् !


कान्तिपथ


राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष भएका कमल थापालाई आफ्नै छोरी र भतिजासहित पारिवारिक सदस्यको असहयोग गरेका छन् । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि लाक्पा शेर्पाले दर्ता गरेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी पाएका थापालाई उनकै परिवारले साथ् नदिएका हुन् ।

काठमाडौंमा शनिबार उनले ‘राप्रपा नेपाल’ पार्टीको घोषणा गरे । तर, राप्रपाको सदस्यमा निर्वाचित भएका छोरी प्रतिष्ठा थापा र भतिजा अभिषेक थापा राप्रपा नेपालको घोषणा कार्यक्रममा गएनन् । उनीहरुले राप्रपाको सदस्यबाट पनि राजीनामा दिएका छैनन् ।

राप्रपा सदस्यमा निर्वाचित प्रमाणपत्र नबुझेका प्रतिष्ठा र अभिषेक औपचारिक रुपमा कुनै पार्टीमा आवद्ध भएका छैनन् । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालको घोषणा कार्यक्रम नदेखिनुले पनि उनीहरू सो पार्टीमा नरहेको स्पष्ट हुन्छ ।

पुराना साथीलाई आफूलाई सहयोग गर्न केही दिनअघि अध्यक्ष थापाले आह्वान गरे पनि पारिवारिक सदस्यकै साथ नदेखिएको हो । यस्तै नाताले सम्धी पर्ने भरत रायमाझी र थापा उपप्रधानमन्त्री हुँदासमेत स्वकीय सचिव रहेका राजाराम बर्तौलाको पनि साथ अध्यक्ष थापाले पाएका छैनन्, बर्तौला भने केहि दिनमा जाने देखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत