आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • भिम रावललाई एमसीसीको विपक्षमा सभामुखले बोल्न दिँदा एमालेको आपत्ति

भिम रावललाई एमसीसीको विपक्षमा सभामुखले बोल्न दिँदा एमालेको आपत्ति


कान्तिपथ


आइतबार बसेको प्रतिनिधिसभामा भीम रावललाई बोल्न दिएकामा नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग आपत्ति जनाएको छ । रावलले समय लिएर एमसीसी टेवल गर्न नहुने पक्षमा बोलेका थिए भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरिरहँदा विपक्षमा आवाज उठाएका थिए । एमसीसी सम्झौता पेश गरिएको आइतबारको बैठकमा एमालेले नाराबाजी कायमै राखेको थियो ।

आइतबारको संसद बैठकमा नेकपा एमालेका अधिकांश सांसदले रोष्ट्रममा नाराबाजी गरिरहेका बेला सांसद भीम रावलले एमसीसी पेश गर्ने कार्यसूचीप्रति आपत्ति जनाउँदै बोलेका थिए ।

सभामुख सापकोटाले रावललाई दलीय आधारमा पाँच मिनेटको समय दिएपछि एमालेले आपत्ति जनाएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहितले सभामुख सापकोटालाई भेटेर रावललाई बोल्न समय दिइएकोमा अपत्ति जनाएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत