नेकपा माओवादी केन्द्रका एक स्थानीय नेताले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराइएको आरोप लगाएका छन् । डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराइएको बताएका हुन् ।
गत शुक्रबार आदर्श गाउँपालिकामा आयोजित एमालेको कार्यक्रममा आफूलाई रक्सी खुवाई एमाले प्रवेश गराएको नेपालीले लिखित जानकारी गराएका छन् । शनिबार जारी विज्ञप्तिमा उनले आफूलाई रक्सी खुवाएर त्यस्तो कार्य गरिएको व्यहोरा उल्लेख गरेका हुन् । उनले आफु मार्क्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथमा अडिग रहेको पनि प्रष्ट पारेका छन् ।
आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको उल्लेख गर्दै उनले रक्सी खाएर अर्को पार्टीको सदस्यता लिएको कमी कमजोरीप्रति भने क्षमायाचना गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ