मङ्लबार, मंसिर १२, २०८०

अखिल क्रान्तिकारीले जलायो गृहमन्त्रीको पुत्ला


कान्तिपथ


एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । काठमाडौंको विजुलीबजारमा प्रदर्शनमा उत्रिएका विद्यार्थी नेता कार्यकर्ताहरुले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला समेत दहन गरेका हुन् ।

संसदमा एमसीसी टेबल भएपछि माओवादी निकट भ्रातृ संगठनहरु निरन्तर विरोधमा छन् । माइतीघर-नयाँ बानेश्वर सडकमा निर्वाधरुपमा गृहमन्त्रीको पुत्ला जलाउँदै हिँडे पनि प्रहरीको उपस्थिति देखिएन। पुत्ला निभिसकेपछि बल्ल प्रहरी पुगेको क्रान्तिकारीका नेता प्रशुन कार्कीले बताए। सहभागी विद्यार्थी नेताहरुले एमसीसी फिर्ता गर्न माग गर्दै अमेरिकी सम्राज्यवाद मुर्दावादको नारा लगाएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत