नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज ७१औं जन्मोत्सव मनाउँदै छन्। यस अवसरमा पार्टीका नेताहरूले उनलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन्।
खड्गप्रसाद शर्मा ओली (राजनीतिक नाम केपी ओली) को जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीका पुत्रका रूपमा तेह्रथुम जिल्लाको इवा गाउँमा २००८ फागुन ११ गते भएको हो।
पूर्वप्रधानमन्त्री ओली हाल भने बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्। एमालेको विधानले ७० वर्ष कटेका नेतालाई पार्टीको कार्यकारी पदमा रहने अनुमति दिएको छैन। यसैले गत मंसिरमा चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट ७० वर्ष कटेका धेरै नेताले कार्यकारी भूमिकाबाट बिदा पाएका छन्।
तर त्यतिबेला ओलीकै अनुकूलताका लागि एमालेले उम्मेदवारी दिने दिनसम्म ७० कटेको छैन भने पदाधिकारीमा लड्न पाइने र निर्वाचित भएपछि भने यो उमेर सीमा लागू नहुने पूरा कार्यकाल जिम्मेवारी वहन गर्न पाइने गरी आफ्नो विधान संशोधन गरेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ