वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।
हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो ।
दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए । उनले गाएका र संगीत भरेका थुप्रै गीतहरु नेपाली संगीतबजारमा चर्चित छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ