मङ्लबार, माघ ८, २०८१

गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन


कान्तिपथ


म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ ।

विभिन्न प्रकृया पुरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । “बिरामीलाई उपचारका लागि बेनी हुँदै पोखरा पु¥याउन यातायातमा मात्रै रु ३० हजारसम्म खर्च हुने गरेको छ”, उहाँले भन्नुभयो । समयमै सवारीसाधन पाउन मुस्कील हुने गरेको उहाँको भनाइ छ । समयमै र न्यून शुल्क तिरेर पुग्ने वातावरण सिर्जना गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको पुनले बताउनुभयो ।

गाउँपालिकाले काठमाडौँबाट रु १२ लाखमा एम्बुलेन्स खरिद गरेको जनाएको छ । गाउँपालिकाले दुई वर्ष अघि एम्बुलेन्स खरिदको प्रकृया अघि बढाएको थियो । कार्यपालिका बैठकमार्फत कार्यविधि निर्माण र समिति गठन गरी गाउँपालिकाको मातहतमा रहने गरी एम्बुलेन्स सञ्चालन गरिने बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत