मङ्लबार, अशोज ९, २०८०

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु


कान्तिपथ


सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो ।

गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिनुभयो । ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत