सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट जनवर्गीय संगठन अनेरास्ववियू (क्रान्तिकारी) र योङ्ग कम्युनिष्ट लिग नेपालले सडक मै जनमत संग्रह गरेका छन् । यी दुवै संगठनका ताप्लेजुङ्ग जिल्ला समितिले सडकमा जनमत संग्रह गरेका हुन् । क्रान्तिकारीका केन्द्रिय सदस्य किरण लिङ्ग्देनका अनुसार यथास्थितिमा एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा जनमत संग्रह गरिएको हो ।
उनका अनुसार जम्मा मतदाताको संख्या २०६ जना रहेका थिए, जसमध्ये १८७ जनाले एमसीसी बदर गर्नुपर्छ भन्ने मत दिएका छन् भने ११ जना एमसीसीको पक्षमा उभिएका छन् । कुल मतदाता मध्ये ८ मत बदर भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले संसद्मा टेबल भएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता सकेसम्म छिटो टुंग्याउने प्रयत्न अघि बढाएको छ। अमेरिकी सहयोग अनुदान स्वीकार्न एमसीसीले फागुन १६ सम्मको समयावधि दिएको छ। कांग्रेसले उक्त समय अगावै एमसीसी सम्झौता टुंगोमा पुर्याउन चाहेको छ। बिहीबारका लागि डाकिएको संसद् बैठकमै एमसीसी सम्झौता टुंगो लगाउने प्रयास गरिएको कांग्रेसका एक नेताले जानकारी गराएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ