संसद बैठकअघि सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीलाई भेट्ने तयारी गरेका छन् ।
आज दिउँसाे १ बजे बस्ने संसद बैठकमा एमसीसी सम्झौताबारे छलफल हुने तयारी छ । त्यसअघि प्रचण्ड, माधव र झलनाथले प्रधानमन्त्री देउवासँग भेट गर्न लागेका हुन् । देउवालाई भेट्न बालुवाटार जानुअघि तीन नेताहरूबीच सिंहदरबारमा अनौपचारिक छलफल भएको छ ।
प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग नगर्ने हो भने सरकारबाट बाहिरिन माओवादी र नेकपा एसलाई दबाब बढाएका छन् । माओवादी र नेकपा एसले एमसीसीकाे पक्षमा मत नदिने निर्णय गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ