सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको संसद् सचिवालयले जनाएको छ ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । संसद् सचिवालयले केही बेरमा सूचना टाँसेर बैठक स्थगितको जानकारी दिने तयारी गरेको छ ।
शीर्ष नेताहरुबीच एमसीसीका सन्दर्भमा सहमति जुटाउने प्रयास जारी छ । बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच एमसीसीका सन्दर्भमा सहमति जुटाउने विषयमा भेटवार्ता छलफल भएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ