ट्राफिक प्रहरी नक्कली लाइसेन्स लिएर सवारी साधन चलाउने व्यक्तिलाई कारबाही गर्न यातायात व्यवस्था विभागले माेबाइल एपको विकास गरेको छ । यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एपको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।
लाइसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्स प्रयोग गरि स्क्यान गरी सजिलै नक्कली/सक्कली छुट्याउन सक्नेछ । यो एप हाल एक वर्षे परीक्षणकालीन अवस्थामा रहेको छ । यस एपको प्रयोग पछि ट्राफिक प्रहरीले तत्काल शंकास्पद लाइसेन्स चेकजाँच गरि सक्कली वा नक्कली छुट्याउन सक्नेछ ।
यो भन्दा अघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि आधुनिक प्रविधिको व्यवस्था नभएको कारण शंकास्पद लाइसेन्स चेकजाँचका लागि यातायात कार्यालयमा सम्पर्क गर्नुपर्ने बाध्यता रहदै थियाे । यस एपको कारण अब तत्काल सोहि स्थानमा ट्राफिक प्रहरीले लाइसेन्स चेकजांच गरि आवश्यक कारबाही गर्न सक्नेछ
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ