जनयुद्धका महान सहिद दिलबहादुर रम्तेलको स्मृतीसभामा नेपाली कांगेस समर्थित गुण्डाहरुले हुलदंगा गरेका छन् । नेकपा (माओवादी केन्द्र) काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नं .२ को वडा कमिटीले आयोजना गरेको बलिदान दिवस तथा सहिद सप्ताह कार्यक्रममा कांग्रेसका केहि अराजक तत्वको घुसपैठ भएको पार्टीका पालिका कमिटी अध्यक्ष प्रेम भुजेलले बताए । माओवादीको कार्यक्रम स्थल नजिकै कांग्रेसले पनि कार्यक्रम जुधाएको थियो ।
सहिदको फोटोमा माल्यार्पण गर्ने कार्यक्रममा कांग्रेसका सभापति तथा गुण्डा नाईके भनेर चिनिने दावा लामाले दावा लामा लगायत २ जना खटाएर कार्यक्रम बिथोल्न खोजेको माओवादीका एक नेताले बताए । माओवादीको कार्यक्रम स्थल नजिकै कांग्रेसको वडा कार्यालय उद्घाटन रहेको थियो ।
प्रहरी इन्काउन्टर गर्ने सुचीमा राखेको थाहा पाएपछि उनी तरुणदल हुँदै कांग्रेसको राजनीतिमा जोडिएका थिए । गुण्डागर्दीको आडमा कमाएको अकुत सम्पतिको आडमा उनी अहिले राजनीति र समाजसेवा गर्दै आएका छन् ।
२०६० को दशकमा दावा लामा ठमेलको रोयल किचनमा काम गर्थे । त्यतिवेला रोयल किचन काजी शेर्पाको स्वामित्वमा थियो । दावा रोयल किचनको बाउन्सर हुँदा ठमेलमा मनाङ्गे र चक्रे मिलनको झगडा शुरु भैसकेको थियो ।
उनी मनाङ्गे समुहतिर लागे । दिपक मनाङ्गेको निर्देशन अनुसार ठमेलतिर पैसा उठाउने दावाले पछि मनाङ्गेलाई पनि छाडिदीए । काभ्रेली समुहमा रहेर ठमेल, दरबारमार्ग, मैतिदेवी लागयतका स्थानमा हप्ता असुली कार्यमा संलग्न लामा पैसा नदिनेलाई खुकुरी हान्न माहिर भएको उनकै समूहमा रहेर काम गरेका एकजनाले कान्तिपथलाई बताए । ०७१ भदौ पहिलो साता जोरपाटीबाट खैरो हिरोईनसहीत समातिएका दावा करिब १५ महिना जेल बसेर छुटेका थिए । खैरो हिरोईन मुद्दामा सफाई पाएर छुटेसँगै उनले काभ्रेको तिमाल क्षेत्रको बुद्धचित्तमालामा एकछत्र राज गर्नुका साथै बौद्ध क्षेत्रका जुवा अड्डा सञ्चालन गर्दै आएका थिए ।
उनी २०६७ सालदेखि विभिन्न समयमा झै-झगडा र लागूऔषध अभियोगललगायत कसुरमा करिब दुई वर्ष जेल सजाय भोगेका छन् । प्रहरीका अनुसार त्योबेला उनी क्यासिनोमा मिटर ब्याजमा पैसा लगाउने काम गर्थे ।
दावामाथि २९ चैत २०७३ मा बौद्ध नयाँबस्ती दिव्य पार्टी प्यालेसभित्रै रहेको जिम क्लब जानेबेला अर्का गुण्डा नाइके समीरमानसिंह बस्नेत समूहका लोप्साङ लामाले गोलीसमेत प्रहार गरेको थियो । त्यसपछि प्रहरीले गुण्डा नाइकेहरूलाई इन्काउन्टर गर्न थालेपछि उनी नेपाल छाडेर भारत पुगेका थिए ।
२०७२ यता प्रहरीको इन्कान्टरमा धादिङका दिनेश अधिकार ‘चरी’, नुवाकोटका कुमार श्रेष्ठ ‘घैँटे’, रूपन्देहीका मनोज पुन र ओम आले मारिएका छन् । दावालाई गोली हान्ने समीरमानसिंह समूहका लोप्साङ, समीरसहित सात जना निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको हत्या अभियोगमा जेलमा छन् ।
दावालाई १६ भदौ २०७५ मा दुबईबाट दिल्ली जाने क्रममा भारतीय प्रहरीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । भारतमा उनीमाथि सट्टेबाजीको अभियोग लागेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ