मङ्लबार, जेष्ठ ३, २०७९

वडाध्यक्ष कार्कीको निधनमा सार्वजनिक बिदा


कान्तिपथ


गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ ।

नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो । काठमाडौँस्थित बाँसबारी न्यूरो अस्पतालकमा उपचारका क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको मृत्यु भएको थियो ।

यही फागुन ८ गते वडा कार्यालयबाट नगरपालिकाको बैठकमा सहभागी हुन आउँदै गरेको अवस्थामा भेरीगङ्गा –१२ सुर्खेतस्थित राजीगाउँमा उहाँ सवार भे६प ४४०१ नंको मोटरसाइकललाई नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश०२००१ख ०५४६ नंको फोर्स गाडीले ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय वडाध्यक्ष कार्की विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । विसं २०४८ मा जन्मिनुभएका उहाँ सुर्खेत जिल्लाकै सबैभन्दा कान्छा वडाध्यक्षका रूपमा परिचित हुनुहुथ्यो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत