आइतवार, माघ ६, २०८१

एमसीसी पारित नगर्न भन्दै झलनाथले भने, ‘हामी भेडाबाख्रा होईनौ’ !


कान्तिपथ


नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सांसदहरुलाई एमसीसी सम्झौता पारित नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभामा एमसीसी प्रस्तावमाथिको सामान्य छलफलमा भाग लिँदै खनालले आफूहरु जनताको प्रतिनिधि भएकाले कुनै पनि सन्धि सम्झौतालाई राम्ररी अध्ययन गरेरमात्र पारित गर्नुपर्ने बताए ।

उनले एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनमा वितरण गर्न सभामुखमार्फत माग गरेका छन् । उनले एमसीसी र एमसीसीसँग भएका पत्राचार पनि सदनले हेर्न पाउनुपर्ने बताए । पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता शर्तै शर्तले बेरिएको भन्दै ती शर्तहरु आफूहरुलाई अमान्य रहेको बताए । उनले त्यस्ता शर्त मानेर सहयोग लिनुभन्दा आफ्नै साधन र स्रोत प्रयोग गरेर देशको विकास गर्न सकिने बताए ।

नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता संसदबाट पारित गर्न नहुने बताएका छन् । उनले एमसीसी सम्झौता जबर्जस्ती अनुमोदन गराउन खोज्ने नेपाली काँग्रेसको सरकारको निन्दासमेत गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको सामान्य छलफलमा भाग लिँदै उनले एमसीसीमार्फत नेपाललाई अमेरिकी छातामुनि राख्ने र विदेशीले सामानान्तर सरकार चलाउने बाटो राखिएको दाबी गरेका छन् ।

रावलले सत्ता र कुर्सीका लागि राष्ट्रिय स्वाधिनता गौण ठान्ने सोच र व्यवहार निन्दनीय रहेको पनि बताए । नेपालको हित र नेपाली जनताको आवाजप्रति बेवास्ता गर्दै सरकारले एमसीसीको विरोधमा उठेको आवाज दमन गर्न खोजेको भन्दै भर्त्सनासमेत गरे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत