शुक्रबार, साउन ११, २०८१

एमसीसी पास नगरौं: पोखरेल


कान्तिपथ


नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद् गिरिराजमणि पोखरेलले अमेरिकी सहायता सम्झौता (एमसीसी) प्रतिनिधि सभाबाट आजै पारित नगर्न आग्रह गरेका छन्। आइतबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी माथिको दफावार छलफलमा सहभागी हुँदै पोखरेलले एमसीसीमाथि अझै केही दिन छलफल गर्नुपर्ने बताए।

‘एमसीसी असंवैधानिक छ र राष्ट्रघात हो भन्ने जनस्तरमै छ। यहाँ व्याख्यात्मक घोषणा नभएको भए यो ठाउँमा आउने थिएन,’ उनले भने, ‘म पनि अघिल्लो मन्त्रिपरिषद्‌मा रहेको कुरा उठाउनुभयो। म उक्त वैठकमा उपस्थित भएको थिइन।’

सम्झौताका विषयमा तयार व्याख्यात्मक घोषणाका बारेमा अमेरिकासँग कुरा गर्न र यसलाई एक सम्झौताको अंग बनाउन पहल गर्ने पनि पोखरेलले आग्रह गरे। महाकाली सन्धिमा पनि संकल्प प्रस्ताव तयार पारिएको उल्लेख गर्दै पोखरेलले व्याख्यात्मक घोषणाका नाममा एकतर्फी कुरा गरेर नहुने बताए। अमेरिकाले नेपालको उर्जामा हात हाल्न खोजेको आरोप लगाउँदै उनले लेण्डुप दोर्जेको पथमा नभइ देशभक्तिको बाटोमा हिँड्न समेत आग्रह गरे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत