सोमवार, मंसिर २४, २०८१

काठमाडौँमा देखियो बन्दको प्रभाव


कान्तिपथ


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ साना कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन्। जसको प्रभाव काठमाडौं उपत्यकामा बिहानै देखिएको छ।

सडकमा न्यून मात्रामा सवारी चलेका छन्। मानिसको आवागमन निकै पातलो देखिन्छ। प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको भने पनि चहलपहल भने निकै घटेको छ।

विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायतले एमसीसीको विरोधमा आज नेपाल बन्दको आह्वान गरेका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत