सोमवार, मंसिर २४, २०८१

५ लाख घुस माग्ने मेयर २ लाख ५० हजारको चेकसहित पक्राउ


कान्तिपथ


रौतहटको देबाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । वडा कार्यालयको भवन निर्माणको अन्तिम भुक्तानी दिने क्रममा घूस मागेको आरोपमा उनी पक्राउ परेका हुन् । अख्तियारको केन्द्रीय टोलीले मेयर पटेल र तीन जना कर्मचारीलाई आइतबार घूसवापतको रकम चेक र नगदसहित पक्राउ गरेको हो । आयोगको टोलीले दुई लाख पचास हजार नगद र उपभोक्ता समितिको नामको दुई लाख पचास हजारको चेक पटेलको कार्यकक्षमा फेला पारेको थियो । पक्राउ पर्ने अन्य कर्मचारीमा लेखापाल प्रदीप यादव, योजनाका कर्मचारी मुकेश पटेल र नगरप्रमुखका स्वकीय सचिव अशोक पटेल छन् । नगरस्तरीय योजना अनुसार १ नम्बर वडा कार्यालय भवन निर्माण गर्न नगरपालिकाबाट २० लाख बजेट विनियोजन गरिएको थियो । अन्तिम भुक्तानी दिन ८ लाख रुपैयाँ बाँकी थियो । त्यस क्रममा मेयर पटेलले ५ लाख रुपैयाँ उपभोक्ता समितिसँग माग गरेको आरोप छ । उपभोक्ता समितिका अध्यक्ष शेख तबरेजसहितको टोलीले वडा कार्यालय भवन निर्माणमा १० लाख भुक्तानी लिइसकेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत