शुक्रबार, मंसिर १६, २०७९

महाशिवरात्रिको पूर्वसन्ध्यामा कलश शोभायात्रा


कान्तिपथ



महाशिवरात्रिको पूर्वसन्ध्यामा आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरबाट कलश शोभा यात्रा निकालिएको छ । जलेश्वरनाथ पूजा समारोह समितिको आयोजनामा उक्त मन्दिरबाट बाजागाजा, झाँकीसहितको जुलुसले कलश शोभायात्रा गर्दै शङ्करचोक, दुर्गाचोक, अस्पतालचोक, बुद्धिजीवीचोक र जिरोमाइलचोकसहित नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । यात्रामा स्थानीय राजनीतिकर्मी, नागरिक समाज, व्यापारी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।कलश शोभायात्रामा भूत, बैताल, शङ्कर, पार्वती, गणेशलगायतका आकृतिको झाँकी पनि प्रस्तुत गरिएको थियो । महाशिवरात्रिको अवसरमा प्रत्येक वर्ष कलश शोभायात्रा निकालिने गरिएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत