शुक्रबार, अशोज १२, २०८०

‘आर्मी गट ट्यालेन्ट २०७८’ : पाँच विधातर्फ उत्कृष्ट ६ जना भए पुरस्कृत


कान्तिपथ


काठमाडौं: नेपाली सेनाद्वारा आयोजित ‘आर्मी गट ट्यालेन्ट २०७८’ प्रतियोगिता सम्पन्न भएको छ। सेना दिवसको अवसरमा आइतवार आयोजित   प्रतियोगितामा पाँच विधातर्फ उत्कृष्ट छ जना विजेता घोषित भएका छन्।

नृत्यतर्फ नुदराज अधिकारी, लाइभ म्युजिक(र्‍याप) र बि बोइङ डान्सतर्फ विशाल थापा मगर, गायनतर्फ धनजित राई र राजकुमार आ.म, पेन्टिङतर्फ युवराज रोक्का र बाध्य बाधनतर्फ सरोज परियार विजेता घोषित भए।

विजेताहरूले प्रधान सेनापति महारथी शर्माले ट्रफी र प्रमाणपत्रसहित ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए। साथै अन्य बाँकी ५ जना प्रतियोगीहरुलाई भने सान्त्वनारुवरुप नगद १० हजार दिइएको थियो।

नेपाली सेनाका सकलदर्जामा रहेका प्रतिभा पहिचान र प्रेरणा दिने उद्धेश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत