बिहिबार, मंसिर १४, २०८०

स्थानीय तह निर्वाचनमा भाग लिन कति दलले दिए आयोगमा निवेदन ?


कान्तिपथ


काठमाडौं। स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ताका लागि ८० वटा राजनीतिक दलहरुले निवेदन दिएका छन्। निर्वाचन आयोगका अनुसार आयोगबाट ११० दलले मान्यता पाएकोमा तीमध्ये ८० दलले मात्रै दल दर्ताका लागि निवेदन दिएका हुन्।आयोगले यही फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन दलहरुलाई समय दिएको थियो। सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने गरी स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ।

संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ। आयोगमा दल दर्ता गराउनेमा नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी पार्टी,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी लगायत रहेका छन्। स्थानीय तहको निर्वाचनका लागि आयोगले तीब्रताका साथ तयारीको काम अघि बढाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत