मङ्लबार, मंसिर १२, २०८०

बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा


कान्तिपथ


बाँकेमा मान्छेलाई पटक–पटक आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ। वन डिभिजन कार्यालय बाँकेका प्रमुख दधिराम कँडेलका अनुसार राप्ती सोनारी गाउँपालिका– ६ राप्ती पीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

कँडेलका अनुसार बर्दियाबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली,सेना, बाँके निकुञ्जको संयुक्त सहकार्यमा बाघलाई नियन्त्रण लिइएको हो । ‘डार्ट गरी बेहोस बनाई बाघलाइ नियन्त्रणमा लिइएको हो,’ वन अधिकृत कँडेलले भने,‘ नियन्त्रणमा लिइएको बाघलाई बाँके निकुञ्जको होल्डिङ सेल्टरमा राखिने छ।’पछिल्लो केही महिनादेखि राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ र ६ मा बाघले पटक–पटक आक्रमण गरेको थियो ।गत भदौ अन्तिम साता यता मात्रै बाँकेमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत