काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले गए राति अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पसका अध्यक्ष सुवास महतलाई पक्राउ गरेको हो । काभ्रेको भुम्लु गाउँपालिका–२ का उनी हाल चाबेलमा बस्दै आएका थिए ।
केही दिनअघि संसद् भवनअघि शंकास्पद वस्तु फेलापरेको थियो । प्रेसरकुकरमा ‘नो एमसीसी’ लेखेर राखिएको उक्त वस्तु बम भने नभएको नेपाली सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ