सोमवार, बैशाख १५, २०८२

आजदेखि मतदाता नामावलीमा दाबी विरोध सुरु


कान्तिपथ


आगामी ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचन अन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी–विरोध सुरु भएको छ। मतदाता नामावलीको अन्तिम टुंगो लगाउनका लागि आयोगले समय उपलव्ध गराएको प्रमुख आयुक्त दिनेश थपलियाले बताए।

आजदेखि २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइने उनले जानकारी दिए।

उनका अनुसार यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइनेछ। दाबी–विरोधका लागि परेको निवेदनका आधारमा आयोगले छानबिन गरेर मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत