रूसी सरकार अन्तर्गतको मिडिया नियामक बिभाग Roskomnadzor ले शुक्रबार देखि अर्को सूचना नआए सम्म फेसबुक माथि पूर्ण प्रतिबन्ध लगाएको छ । फेसबुकले रूसी मिडियाको समाचारहरुको पहुँच आफ्नो सोसियल मिडियामा रोकेको प्रतिक्रियामा यो निर्णय लिइएको हो।
विज्ञप्तिमा भनिएको छ, “अक्टोबर २०२० देखि, हामीले फेसबुकद्वारा रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभावको 26 वटा मुद्दाहरु हेरेका छौ।”
“हालका दिनहरूमा, फेसबुकले Zvezda TV च्यानल, RIA Novosti समाचार एजेन्सी, Sputnik, Russia Today, Lenta.ru, र Gazeta.ru समाचार आउटलेटहरूको सामग्री आफ्नो प्लेटफर्ममा अवरुद्ध गरेको छ।”
फेसबुकले यस हप्ताको सुरुमा EU मा RT र Sputnik सँग सम्बन्धित खाताहरूको पहुँच अवरुद्ध गरेको थियो। गत हप्ता पश्चिमी निजी स्वामित्वका टेक कम्हपनीहरुले र धेरै सरकारी संस्थाहरूले रूसी सरकार द्वारा संचालित र राज्य-सम्बद्ध आउटलेटहरू विरुद्ध कारबाही गरेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ