बिहिबार, साउन १०, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • साउदी अरेबियामा कोरोना भाइरसका विरुद्ध लगाइएका प्रतिबन्धहरु हटाइयो

साउदी अरेबियामा कोरोना भाइरसका विरुद्ध लगाइएका प्रतिबन्धहरु हटाइयो


कान्तिपथ


२२ फागुन साउदी अरेबियाले कोरोना भाइरसका विरुद्धमा लगाएका अधिकांश प्रतिबन्धहरु आइतबारदेखि हटाएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो विषयमा जानकारी दिएको छ । मन्त्रालयका अनुसार यहाँका आन्तरिक हवाई उडानहरुमा अब कोरोना भाइरस संक्रमणसम्बन्धी स्वास्थ्य जाँच, पिसीआर रिपोर्ट आवश्यक नपर्ने भएको छ ।

त्यसैगरी यहाँ अब सार्वजनिक स्थलहरुमा पनि उपस्थित हुन पाइने भएको छ । पर्यटकीय स्थलहरुमा उपस्थितिका लागि पिसीआर रिपोर्ट आवश्यक नरहेको बताइएको छ ।तर यहाँका नागरिकले घर बाहिर निस्किँदा मास्क भने लगाउनुपर्ने भएको छ । सार्वजनिक स्थलहरुमा मास्क भने अनिवार्य गरिएको बताइएको छ ।

पछिल्ला केही हप्ताहरुमा यहाँ कोरोना भाइरसको प्रकोप घट्दै गएकाले सरकारले लगाउँदै आएका प्रतिबन्धहरु हटाएको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत