बिहिबार, बैशाख ११, २०८२

नेपाल छन्त्याल सङ्घको राष्ट्रिय महाधिवेशन बेनीमा हुने


कान्तिपथ


नेपाल छन्त्याल सङ्घको ७ औँ राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । आगामी चैत २५ र २६ गते बेनीमा हुने छन्त्याल सङ्घको महाधिवेशनको तयारीलाई तीव्रता दिइएको सङ्घका केन्द्रीय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सांस्कृतिक झाँकीसहित उद्घाटन हुने महाधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभिन्न ११ जिल्लाबाट आउने ३५० बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी हुनेछन् । सङ्घ मातहतका सबै समितिको अधिवेशन सकिएको र फागुन २८ गतेभित्र प्रतिनिधि चयनको काम सक्न निर्देशन दिइएको अध्यक्ष छन्त्यालले बताउनुभयो ।

सङ्घका अध्यक्ष मोहन छन्त्याल, महासचिव बलमान छन्त्याल, कोषाध्यक्ष शिवप्रसाद छन्त्याल, म्याग्दीका जिल्ला अध्यक्ष रेशम छन्त्याल, सचिव मनबहादुर छन्त्याल, छन्त्याल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य अमर छन्त्याल लगायतको टोलीले शनिबार बेनीमा कार्यक्रम गर्ने स्थलको छनोटसमेत गरिसकेको छ ।

विभिन्न स्थानको स्थलगत निरीक्षण पश्चात् जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन र बन्द सत्रको कार्यक्रम गर्ने तय भएको महासचिव छन्त्यालले जानकारी दिनुभयो । छन्त्यालको अध्यक्षतामा महाधिवेशन मूलआयोजक समिति र ८ वटा विभिन्न उपसमिति गठन गरी तयारीलाई तीव्रता दिइएको सङ्घले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत