शुक्रबार, जेष्ठ ३, २०८२

चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सुरु


कान्तिपथ


चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आजदेखि यातायात सेवा सुरु भएको छ । सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा भक्तपुरबाट काठमाडौँं हुँदै थानकोटसम्म ऋद्धिसिद्धि यातायातका २२ वटा सार्वजनिक बस सञ्चालनमा आएका हुन् ।

यातायात सेवाको नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्दै डिजिटल चाँगुनारायणलाई व्यवस्थित बनाउन नगरपालिकाले यो रुटमा सञ्चालन भएका यात्रुबाहक बसमा जिपिएस प्रणाली जडान गरी एप्समार्फत नियमन तथा अनुगमन समेत गरिने बताउनुभयो ।

नगरपालिकाको यस क्षेत्रमा सार्वजनिक यातायातको सहज पहुँच नपुगिरहेको अवस्थामा आजबाट एकैसाथ सञ्चालनमा आउने २२ वटा बसले यहाँका बासिन्दालाई अब यातायातमा चौतर्फी पहुँच पुगेको बताउनुभयो । चाँगुनारायणबाट भक्तपुरहुँदै रत्नपार्क जाने बससेवा सञ्चालन भइरहेपछि मूलपानी, पेप्सीकोलाहुँदै काठमाडौँसम्म जाने यातायात सेवा नहुँदा समस्या परेकामा अब यो समस्या पनि हटेको उहाँको भनाइ थियो ।

चाँगुनारायणबाट भक्तपुरहुँदै काठमाडौँ जाने र चाँगुनारायणबाटै पेप्सीकोला हुँदै थानकोटसम्म जान यहाँका बासिन्दालाई अब निकै सजिलो भएको भन्दै उहाँले थानकोटसम्म जाने एउटै रुटको बस यहाँबाट सञ्चालन हुनु निकै उपलब्धि भएको बताउनुभयो ।

चाँगुनारायणबाट काठमाडौँको मूलपानी चौर, पेप्सीकोटा, जडीबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, कुलेश्वर, कलङ्कीहुँदै थानकोटसम्म जाने र सोही रुटबाट फर्कने चाँगुनारायण नगरपालिकाका सूचना अधिकारी सिद्धान्न न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाका तर्फबाट चाँगुनारायण–४ का वडाध्यक्ष अध्यक्ष बुद्धिलाल महर्जन र ऋद्धिसिद्धि यातायातका अध्यक्ष लवकुमार केसीले सहमति पत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत