बुधबार, फाल्गुन ६, २०८२

कैदीबन्दीलाई खेलकुद सामग्री वितरण


कान्तिपथ


जिल्ला कारागार जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएको छ । चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले कैदीबन्दीलाई खेलकुदका सामग्रीसँगै फिल्टर प्रदान गरेकी हुन् । ‘जनतासँग नगरउपप्रमुख कार्यक्रम’अन्तर्गत सो सामग्री उपलब्ध गराएको उपप्रमुख न्यौपानेले बताउनुभयो । कारागारमै पुगेर उपप्रमुख न्यौपानले दुई सेट भलिबल, चार सेट ब्याटमिन्टन र एक सेट क्यारमबोर्ड उपलब्ध गराएकी हुन् ।

शुद्ध र स्वच्छ खानेपानीका लागि पाँचवटा फिल्टरसमेत दिएको चन्दननाथ नगरपालिकाले जनाएको छ । “कारागारभित्र खेलकुद सामग्री र शुद्ध खानेपानीका लागि फिल्टर आवश्यक छ भन्ने माग आएको थियो”, उपप्रमुख न्यौपानेले भन्नुभयो, “मागका आधारमा खेलकुद सामग्री र फिल्टर उपलब्ध गराएपछि यतिखेर कैदीबन्दी निकै उत्साहित भएको छ ।”

जुम्ला कारागारमा ११४ जना कैदीबन्दी रहेको कारागार कार्यालयले जनाएको छ । उपप्रमुख न्यौपानेका अनुसार कैदीबन्दीको तत्कालका आवश्यकता त पूर्ति भए । तर यहाँ फर्निचर निर्माण गर्नेदेखि सिलाइ बुनाइ तालिमको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसका लागि तीन वटै तहका सरकारको ध्यानजार्नुपर्ने आवश्यकता देखिएको छ । “कारागारभित्र पुस्तकालय छ । तर नयाँ नयाँ पुस्तकको व्यवस्थापन हुन सकेको छैन”, कैदीबन्दी भन्छन्, “कारागारभित्र प्रौढ शिक्षाको समेत आवश्यकता देखिएको छ ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत