चन्द्रागिरि नगरपालिका-१ दहचोक थापागाउँमा चितुवा फेला परेको छ। स्थानीय दलबहादुर बुढाले भाडामा लिई सञ्चालन गरेको कुखुराको खोरमा मंगलबार राति सवा १२ बजे चितुवा फेला परेको हो।
बिरालोलाई थापेको पासोमा चितुवा आएर पसेको र अगाडिको दाहिने खुट्टा अड्केको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। कुखुरा मारेर बिरालोले दु:ख दिएपछि बुढाले खोरमा पासो थापेको बुझिएको छ।
चितुवा पासोमा परेपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट प्रहरी गएको थियो। चितुवाको उद्धारका लागि वन कार्यालयलाई जानकारी गराइएको परिसरले जन्नाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ