सोमवार, माघ ७, २०८१

दिपक मनाङ्गेसँग भिड्न कांग्रेसलले खटायो गणेश लामा !


कान्तिपथ


नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत केन्द्रीय प्रतिनिधी तोकेको छ। मंगलबार सभापति शेरबहादुर देउवाले केन्द्रबाट खटिने प्रतिनिधिहरुको बैठक राखेर केन्द्रीय तहदेखि पालिकासम्मको जिम्मेवारी बाँडफाँड सहित निर्देशन दिएका हुन्।

अभियान अन्तर्गत प्रत्येक जिल्लामा एक जना केन्द्रीय सदस्यलाई प्रतिनिधिको रुपमा खटाईएको छ। पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापति देउवाले स्थानीय तहको जिम्मेवारीबारे ब्रिफिङ गरेका थिए। बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई केन्द्रको प्रतिनीधिका रुपमा फागुन २७ भित्र जिल्लामा उपस्थित हुन र फागुन २९ बाट चुनाबी अभियानलाई सुरु गर्ने जिम्मेवारी दिएको छ।अभियान २९ चैत्रसम्म चल्नेछ।

बैठकले प्रदेश, जिल्ला र पालिका कार्यसमितिको भूमिकासमेत स्पष्ट पार्दै कांग्रेसको पक्षमा माहौल तयार पार्न निर्देशन दिएको छ। बैठकले भातृ तथा शुभेच्छुक संस्थाको जिम्मेवारी समेत तोकेर वडा र पालिका स्तरमा हुने कार्यक्रमहरु तयार गरिएको छ। केन्द्रबाट खटिएका नेताहरु फरक फरक जिल्लाका रहेका छन् ।

नेकपा (एमाले) को सद्भावमा मनाङ्गबाट प्रदेशसभा सदस्य जितेका दिपक मनाङ्गेसंग भिड्नका लागि कांग्रेस केन्द्रिय सदस्य गणेश लामा मनाङ्ग खटिएका छन् । मन्त्री समेत रहेका मनाङ्गे अहिले आफुलाई स्वतन्त्र बताउदै आएका छन् । मनाङ्गे निकट स्रोतका अनुसार उनी फेरी चुनाव लड्ने तयारीमा छन् तर उनको पार्टी भने तय भएको छैन । त्यस्तै हिमालपारीको अर्को जिल्ला मुस्ताङ्गमा पुर्व पत्रकार तथा केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी खटिने भएका छन् ।

दीपक मनाङे अहिले गण्डकी प्रदेश सरकारमा खेलकुद मन्त्री छन्। लामा मंसिरमा भएको कांग्रेसको चौधौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका हुन्।

प्रहरीले उनलाई कुनै बेला ‘गुण्डा नाइके’ का रुपमा आफ्नो खोजी सूचीमा पनि राखेको थियो। तर उनले विगतका गैरकानुनी क्रियाकलाप छाडेर आफूलाई राजनीतिमा केन्द्रित गरेका छन्।

रोचक के छ भने २०७४ को निर्वाचनमा अर्का गुण्डा नाइके दीपक मनाङेले एमालेको साथ पाएर प्रदेश सासंदमा जित निकालेका थिए। उता गणेश लामा भने काभ्रेमा पराजित भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत