शनिबार, बैशाख १३, २०८२

वसन्तपुरमा सुरु भयो होलीको रौनक


कान्तिपथ


वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको छ। बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको हो। पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा लगेर दाह गरेपछि होली पर्व समाप्त हुन्छ। यसको भोलिपल्टबाटै वसन्त ऋतु प्रारम्भ हुने बताइन्छ।

फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताकासहितको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ। तीन तले छत्र र त्यसमा रङ्गीचङ्गी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरुले ठड्याएका थिए ।

वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्व रहेको छ। वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत