शुक्रबार, जेष्ठ ३०, २०८२

परापूर्वकालदेखि नै महिला अधिकार स्थापित छ : मन्त्री कार्की


कान्तिपथ



प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले इस्लाम धर्ममा महिलाको अधिकार परापूर्वकालदेखि नै स्थापित भएको बताउनुभएको छ ।इस्लामी सङ्घ नेपालद्वारा नारी दिवसका अवसरमा आज यहाँ आयोजित ‘राष्ट्रव्यापी महिला अधिकार अभियान’ को समापन समारोहमा उहाँले महिलाको अधिकार धार्मिक ग्रन्थ कुरानमै उल्लेख हुनु निकै रमाइलो पक्ष हो भन्नुभयो ।

मन्त्री कार्कीले महिलाको विवाह हुने अन्तिम समयमा पनि विवाह गर्न राजी छौ कि छैनौँ स्वीकृति लिने प्रचलनले महिला अधिकार स्थापित भएको एक उदाहरण भएको बताउँदै मुस्लिम महिलाले अधिकारको लडाइँसँगै शिक्षामा पनि अघि बढ्नुपर्ने सुझाव दिनुभयो । महिलाबिनाको सृष्टिको सिर्जना हुन नसक्ने भन्दै मन्त्री कार्कीले अधिकार मागेर होइन, खोसेर लिन सक्नुपर्छ भन्नुभयो । सो अवसरमा मौलाना ताहिर नदवी, जुलफकर अली जेनिसा सुमन, केशरजहाँ फलाही र जनिसा खातुनले पनि महिला अधिकारका पक्षमा बोल्नुभएको थियो ।

कार्यक्रममा चिकित्सा तथा शिक्षा क्षेत्रमा अमूल्य योगदान दिने मुस्लिम समुदायकका अगुवा महिला प्राध्यापक बिलकिस बानो, डा फरिदा खातुन, समाजसेवी जनिसा सुमनलाई सम्मान गरिएको थियो ।

फागुन २० देखि २६ गतेसम्म सञ्चालन भएको सो अभियान प्रदेश नं १ मा मुस्लिम बाहुल्यता भएको क्षेत्रमा प्रवचन दिने, चेतना फैलाउने तथा सुनसरी, मोरङ, झापा, उदयपुर र कृषि इञ्जीनियरिङ क्याम्पस धरानसहित सामुदायिक विद्यालय एवं मदरसा र निजी विद्यालयमा सो अभियान सञ्चालन गरिएको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत