ताप्लेजुङको फुङलिङ नगरपालिकाको कोप्चे क्षेत्रमा अघि बिहान भएको आगलागी नियन्त्रणमा आएको छ। स्थानीयका अनुसार फुङलिङ नगरपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिएको हो, तर एउटा घर जलेर नष्ट भएको छ।
आगलागीमा घरसँगै एक महिलाको मृत्यु भएको छ। आगलागी भएकै घरकी सुलिमाया लिम्बुको मृत्यु भएको हो।
‘आगलागी पूर्ण नियन्त्रणमा छ, तर एक जनाको भने ज्यान गयो’, फुङलिङ नगरपालिकाका उपप्रमुख बम बहादुर भट्टराईले कान्तिपथसँग भने, ‘आगो लाग्दा सिलिन्डर पड्कियो, अस्पताल लग्दालग्दै मृत्यु भयो।’
उनले भने,‘ एक जना वृद्ध आमा घरभित्रै हुनुहुदो रहेछ । घाइते अवस्था निकालेर अस्पताल पठाउने क्रममा मृत्यु भएको छ ।’ अहिले आगो नियन्त्रणमा आएको उनले बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ