सोमवार, मंसिर २९, २०८२

रुसी सेना पुन: संगठित हुदै


कान्तिपथ


टर्कीमा भएको रुस र युक्रेन बिचको वार्ता असफल भए पछि रुसी सेना झनै आक्रामक भएका छन् । प्राप्त भएका नयाँ अपडेट स्याटलाइट तस्बिरहरु अनुसार रुसी सेना युक्रेनको राजधानी किएभ वरपर आफुलाई पुन: संगठित बनाउदै अघि बढिरहेको देखिएको छ ।

प्राप्त जानकारी अनुसार रुसी सेना राजधानी किएभ तर्फ हरेक दिन ५ किलोमीटरका दरले अझ नजिक बददै छन् । किएभको उत्तर -पूर्वी दिशा तर्फ बाट रुसी सेना केवल ४० किलोमिटरको दुरीमा रहेको र अबको केहि दिन मै रुसी सेना किएभमा आक्रमण गर्ने तयारीमा रहेको जनाइएको छ ।

केहि दिन अगाडी प्राप्त स्याटलाइट तस्बिरहरुमा रुसी सेना ट्यांक र अन्य सैनिक हातहतियार सहित 64 किलोमीटर लामो लस्करका साथ किएभ तर्फ बढेका थिए । एक श्रोतका अनुसार युक्रेनी सेनाले बीच बाटोमा नै एन्टी – ट्यांक मिसाइल बाट आक्रमण गरेकोले सो टुकडी अगाडी बडन सकिरहेको थिएन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत