एसियातर्फ इन्धन ढुवानी हुने प्रमुख समुद्री मार्ग Strait of Hormuz पूर्ण रूपमा सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। प्रतिब्यारेल ९८ डलर पुगेको मूल्य अहिले झरेर ८८ डलरमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
Israel र Lebanon बीच युद्धविराम सुरु भएसँगै Iran ले उक्त समुद्री मार्ग पूर्ण रूपमा खुला गर्ने घोषणा गरेको हो। यसअघि अमेरिका र इजरायलको आक्रमणपछि इरानले सो क्षेत्रमा जहाजहरूलाई लक्षित गर्दै आएको थियो, जसका कारण ढुवानी प्रभावित भई तेलको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो।
समुद्री मार्ग पुनः सञ्चालनमा आएसँगै आपूर्ति सहज हुने अपेक्षा गरिएको छ, जसले विश्वभर इन्धनको मूल्य घट्ने संकेत देखाएको छ। साथै, United States र इरानबीच दुई साताका लागि युद्धविराम भएपछि बजारमा थप स्थिरता आउने अनुमान गरिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ