प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएकाे दाबी दाेहाेर्याएका छन् । पाेखरामा प्रेस चाैतारीकाे महाधिवेसनलाई सम्बाेधन गर्दै उनले भने, `रामका बा ठाेरीका हुन् । माडी र ठाेरीकाे बीचमा जन्मिएका हुन् । उनले मेसाेपाेटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनकाे नाम नेगीबाट दशरथ बन्याे ।´
उनले अहिलेकाे युगमा राम राज्यकाे व्याख्या गरेर खासै स्वभाविक नहुने बताए । ‘सत्ययुगकाे व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चाेरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पाे चाेर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पाे फुटाउने,´ उनले भने, ‘राम राज्य कस्ताे थियाे ? कसैलाई थाहा छैन ।´
सत्ययुग, त्रेतायुग, द्वापर युग कस्ताे न थियाे भन्ने भ्रमबाट बाहिर निस्कन उनले आग्रह गरे । रावणकाे पालामा जुत्ता चप्पल बनेकाे थिएन । लक्षमणले रामकाे खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए,´ ओली भन्छन्,
कपडा बनिसकेकाे थिएन । अरु सबै हाेहल्ला हुन् । तर, आज हामी विकासकाे शिखरमा छाैं । पृथ्वीकाे सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छाैं ।´
आज (शुक्रबार) पोखरामा प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनको उद्घाटन पश्चात् सम्बोधन गदै ओलीले भने, ‘स्वतन्त्रता पाएपछिहामी आवश्यकता भन्दा बढी अनियन्त्रित र छाडा भएका छौँ । स्वतन्त्रताको सही सदुपयोग गर्न नसक्ने स्थिति देखिएको छ । आम सञ्चारका माध्यमदेखि सामाजिक सञ्जालसम्म छाडापन बढेको छ । अबको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्छ ।’
उनले प्रेस स्वतन्त्रता आवश्यक रहेको तर नियन्त्रित हुनु जरुरी रहेको पनि बताए । नेपालमा अहिलेसम्म कुनै पनि शासकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको बताउँदै ओलीले प्रेस स्वतन्त्रताको लामो इतिहास नरहेको बताए ।
राणकालमा किताब लेखेकै भरमा जेल जानुपर्ने र लाइब्रेरी खोल्दा कारबाही भोग्नुपर्ने अवस्था रहेको स्मरण गराउँदै ओलीले भने, ‘२००७ सालपछि मात्र बल्ल प्रेस स्वतन्ततासम्बन्धी चेत पलाएको हो । तर २०४६ सालपछि मात्रै प्रेस स्वतन्त्रताको उपभोग राम्रोसँग गर्न पाइयो ।’ प्रेस स्वतन्त्रता मानव अधिकारकै विषय रहेको बताउँदै तर यसको सदुपयोग हुनुपर्नेमा उनको जोड थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ