शनिबार, मंसिर २०, २०८२

युक्रेनका थप तीन सहरमा रुसको आक्रमण


कान्तिपथ



रुसले युक्रेनका थप तीन सहरमा आक्रमण थालेको छ । रुसले लुट्स र नीप्रो सहरमा पहिलोपटक आक्रमण गरेको बीबीसीले जनाएको छ । युक्रेनी सञ्चारमाध्यमहरूका अनुसार उत्तर पश्चिममा रहेको लुट्स र मध्यपूर्वमा रहेको नीप्रो सहरमा विस्फोट भइरहेको छ । यसअघि यी दुवै सहरमा आक्रमण भएको थिएन । रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको छ ।

रुसले लुट्सस्थित वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामामा विस्फोट गरेको छ । त्यहाँको नगरप्रमुखले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । नीप्रोमा तीन स्थानमा विस्फोट भएको तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ । साथै रुसी रक्षामन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानो फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रुसी समाचारमाध्यमले जनाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत