शनिबार, बैशाख १३, २०८२

प्रेस चौतारीको नेतृत्वमा फेरी गणेश बस्नेत: ७ वर्षदेखि निरन्तर अध्यक्ष !


कान्तिपथ


नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चुनिएका छन् । पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बस्नेत यसअघि पनि संगठनको अध्यक्ष थिए । बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो । बस्नेत सात वर्षअघि भएको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए।

गएराति बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष विष्णु रिजालले गणेश बस्नेत नेतृत्वको कार्य समिति वाचन गरेर सुनाएको थियो । नाम वाचन गरिएकाहरुले मात्रै मनोनयन दर्ता गर्न भनेपछि अन्यले असन्तुष्टि जनाएका छन् । कतिपय महाधिवेशन बीचमै छाडेर पोखराबाट फर्किएका थिए ।

अध्यक्षमा दाबी गरेका माधव तिवारीले निर्वाचन लड्न नदिएको भन्दै संगठनबाट अलग हुने बताएका छन् । अध्यक्ष मण्डलका सदस्यहरुको समेत सहमति नगरी टिम घोषणा गरिनु दुःखद भएको उनले बताएका छन् । सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘प्रेस चौतारी नेपालको नवौं महाधिवेशनमा उम्मेदवारी दर्ता गर्न समेत नपाएपछि साधारण सदस्य समेत नरहने गरी आजैदेखि निष्क्रिय रहने घोषणा गर्दछु । महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यहरुको समेत सहमति नगरी अध्यक्ष मण्डलका अध्यक्ष एक्लैले टिम घोषणा गर्नु झन् दुःखद् छ ।’

१७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर महासचिवमा हिरामान लामा, उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत