नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता अनुदान सम्झौता एमसीसी पार्टीले फेल गरे आफूले अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
एमसीसी संसदबाट अनुमोदनमा पार्टी सहभागि भएपछि माओवादी केन्द्रभित्र तीव्र मतभेद छ। वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको समूह पार्टीबाटै अलग हुने हो कि भन्नेसम्म चर्चा चलेका थिए।
प्रचण्डले यस विषयमा स्थानीय तहको निर्वाचनपछि पार्टीभित्र छलफल चलाउने भएका छन्। आइतबार प्रदेश नम्बर १ को पार्टी प्रशिक्षणका लागि विराटनगर पुगेका प्रचण्डले एमसीसीबारे छलफल गर्दा पार्टीबाट फेल भयो भने आफूले राजीनामा दिने बताएका हुन्।
उनले भने, ‘फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुस्।’ प्रतिनिधि सभाले एमसीसी पारित गर्दा व्याख्यात्मक घोषणालाई पनि सम्झौताकै अंग मानेको दाबी गर्दै यसले समस्याको समाधान निस्केको दाबी गरे।
‘यदि यो व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा कतै मिनिमाइज गरियो भने फेरि त्यो विषय आन्दोलनको विषय हुन सक्छ,’ प्रचण्डले भने, ‘यद्यपि हाम्रो पार्टीभित्र एमसिसीबारे एकै मत छैन। चुनावसम्म यो विषयलाई एउटा अपिलमार्फत एउटै भाषा बनाउने र निर्वाचनपछि फेरि छलफल चलाउने भन्ने छ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ