नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका माधव कुमार नेपालसहित १४ जना सांसद्विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश जारी गरेको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको आइतबारको ओलीले दायर गरेको रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको हो। मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएको र अन्य मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रित सुनुवाका लागि पेसी तोक्न संयुक्त इजलासले आदेश गरेको हो।
नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए।
ओलीले दायर गरेको रिटमाथिको १२औं पेसीमा सुनुवाइ गर्दै सर्वोच्चले फैसला केन्द्रित सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो। यो आदेशपछि अब तोकिने पेसीमा अन्तिम सुनुवाइका लागि बहस हुने छ।
दुवै पक्षको बहसपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ। सर्वोच्चले सुनाउने फैसलाले एकीकृत समाजवादीको भविष्य निर्धारण हुने छ। सर्वोच्चले तत्कालीन समयमा जारी भएको राजनीतिक दलसम्वन्धी अध्यादेशदेखि सभामुख अग्नी सापकोटाले कारबाहीको सूचना टाँस नगरेको विषयसम्मलाई सम्वोधन गर्नुपर्ने छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ