शुक्रबार, बैशाख ६, २०८२

छाउपडी प्रथा अन्त्य गर्ने प्रयास

कान्तिपथ

जुम्लाको हिमा गाउँपालिकाले समाजमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्त्य नै गर्ने प्रयास अघि बढाएको छ । पहिलो चरणमा छाउपडी प्रथाविरुद्धको सचेतना अभियान थालेको उक्त गाउँपालिकाले पछिल्लो समय छाउपडी नबार्ने परिवारलाई सम्मान गर्न थालेको छ ।

छाउपडी प्रथा समाजकै कुरीति भएकाले जरैदेखि उखेल्नका लागि विभिन्न विकल्प अघि सारिएको गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो । महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत छाउपडी जस्ता कुरीतिलाई निरुत्साहित गर्ने कार्य भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “छोराछोरी बीच गहिरो विभेद छ । छाउपडी प्रथाले समाजमा हिंसा निम्त्याइरहेको छ । यी दुवैलाई गाउँपालिकाबाट निर्मूल पार्ने अभियान थालिएको हो । छोरीलाई छोरासरह सम्पत्ति दिने र छाउपडी हुँदा घरमै बस्न दिने परिवारलाई सम्मान पनि गरिएको छ ।”

गाउँपालिकाले छोरा समान छोरीलाई सम्पत्ति दिएकामा जिरा रोकाया, मुगा शाही, डुगल शाही, आनन्द शाहीलाई सम्मान गरेको छ । छाउपडी प्रथा बार्ने नगरेका स्थानीयवासी खाम्बा शाही, राजबहादुर शाही र देबु सुनार पनि सम्मानित भएका छन्। भेदभावरहित समाज निर्माण अभियानमा सबैको साथ र सहयोग आवश्यक छ । समाज अझै छोरा जन्माउनकै लागि धेरै सन्तान जन्माउने परम्परामा बाँधिएको छ । सो कामलाई अन्त्य गर्न स्थानीय सरकार लागिपरेको गाउँपालिकाकी उपाध्यक्ष रोकायाले जानकारी दिनुभयो । गाउँपालिकामै १९ जनाले छोरीलाई पैतृक सम्पति दिएको विवरण गाउँपालिकाले सङ्कलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.

सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत