शुक्रबार, बैशाख ६, २०८२

मधेश सरकारद्वारा जनयुद्धका सहिद परिवारलाई सम्मान


कान्तिपथ


मधेस प्रदेश सरकारले जनयुद्धका सहिदका परिवारजनका सदस्यहरूलाई सम्मानसहित एक लाख प्रदान गरेको छ । बाराको सिमरामा मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, मधेसी सहिद प्रतिष्ठानले बाराका ६० जना सहिदहरूका परिवारलाई सम्मान गरेको हो ।

सङ्घीय सरकारका पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य मातृका प्रसाद यादव र प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले दोसल्ला र प्रशंसा पत्रले सम्मान गर्दै जनही सहिदका परिवारहरूलाई १ लाखको चेक हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहका प्रेस सल्लाहकार कृतिक श्रेष्ठले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका बाराका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य गोपाल ठाकुर, जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य क्षेत्र बहादुर श्रेष्ठ अनिल, संविधान सभा सदस्य जयराम दाहाल, केन्द्रिय सदस्य उद्धव पोख्रेल, प्रदेश सदस्य राजन पौडेल, गीता कँडेल लगायतको सहभागिता रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत