शनिबार, माघ ५, २०८१

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो


कान्तिपथ



४ चैत भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार चार करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२८ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति चार करोड ३० लाख ४ हजार ५ पुगेको सङ्घीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले जनाएको छ । यसबाहेक शुक्तबार बिहानसम्म यस महामारीका कारण १४९ को ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या पाँच लाख १६ हजार २८१ पुगेको छ

भारतमा हाल २९ हजार १८१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार ६१८ सक्रिय सङ्क्रमित घटेका छन् ।कोरोना शुरु भएबाट हालसम्म भारतमा चार करोड २४ लाख ५८ हजार ५४३ सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा तीन हजार ९९७ कोरोनाबाट मुक्त भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत